भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न कार्यदल गठन गरिने « Khabarhub

भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न कार्यदल गठन गरिने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको छ । सत्तारूढ दलहरूले नै भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने अडान लिएपछि सरकारले छलफल गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तापक्षीय दलहरूका शीर्ष नेताको बैठकमा भूमिसम्बन्धी अध्यादेशमाथि छलफलका लागि कार्यदल गठन गरेर प्रतिस्थापनको रूपमा ल्याउने सहमति जुटेको छ । 

भूमिसम्बन्धी अध्यदेश बाहेकका अन्य पाँच अध्यादेशहरू छिटोभन्दा छिटो संसदमा निर्णयार्थ पेस गरिने पनि सत्तापक्षीय दलहरूबिच सहमति बनेको सत्ता साझेदार जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए । 

राष्ट्रियसभामा संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि सरकारले संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्न सकेको छैन । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । 

यस्तै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा उपस्थित थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : १७ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित