तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँछौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँछौँ : उपप्रधानमन्त्री सिंह


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बुटवल– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहका सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन् । 

बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै नेपाली कांग्रेस र नेकपा एमालेसहितका दल मिलेर सरकार गठन गरेको बताए । 

‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकताअनुसार संसदका दुई ठूला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ सिंहले भने, ‘संघीयताको मूल भावनाअनुसार तीनै तहका सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिन सक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने बताए । 

बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै उनले धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताए । आर्थिक गतिविधि मात्र नभएर बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाइ थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : २० बजे

पाँच जना फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर– कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल-भारत सीमा

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता