१५ औँ महाधिवेशन ०८२ मा सम्भव छैन : प्रवक्ता महत  « Khabarhub

१५ औँ महाधिवेशन ०८२ मा सम्भव छैन : प्रवक्ता महत 


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १५ औँ महाधिवेशन ०८२ सालमा सम्भव नरहेको बताएका छन् । 

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेका कारण कांग्रेसको आगामी महाधिवेशन ०८२ सालमा सम्भव नरहेको बताएका हुन् ।

‘पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन,’ प्रवक्ता महतले भने, ‘तयारीका लागि केही समय थप गर्न सकिन्छ ।’ 

विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप गर्ने भन्ने बारे  केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।प्रवक्ता महतले सरकारले ल्याएका अध्यादेशहरू पास गर्ने विषयमा विपक्षी दलहरूसँग छलफल भइरहेको पनि बताए ।

‘पाँच वटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेयकबाट पास हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : २१ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको