पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते « Khabarhub

पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । खैरपुर राष्ट्रिय राजमार्गमा चालकले तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

यात्रुहरू पूर्वी पञ्जाब प्रान्तबाट सेहवान सहरमा एउटा धार्मिक पर्वका लागि यात्रा गरिरहेका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।

खराब सडक, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरबाही ड्राइभिङका कारण पाकिस्तानमा सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : १७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व