सुदूरपश्चिममा संसदीय समितिका चारै जना सभापति निर्विरोध « Khabarhub

सुदूरपश्चिममा संसदीय समितिका चारै जना सभापति निर्विरोध


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिको सभापति निर्विरोध भएका छन् । चार वटा समितिको सभापतिका लागि एक एक जनाले मात्रै उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् । 

आधिकारिक घोषणा भने आइतबार मात्रै हुने प्रदेशसभा सचिवालयले जनाएको छ । लामो समय ज्येष्ठ सदस्यको भरमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा एक एक जनाको उम्मेदवारी परेको हो । त्यस्तै नयाँ गठन गरिएको विशेषाधिकार समितिमा पनि एक जनाको मात्रै उम्मेदवारी दर्ता गरेका छन् । 

निर्विरोध हुनेमा सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसेकी तुलसी देवकोटाको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको थियो । 

विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो । आज सोही सहमतिअनुसार कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका हुन् । आइतबार बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । 

१२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको थियो, तर विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ५५ बजे

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको