माछा मार्न गएका एक युवक तिला नदीमा बेपत्ता « Khabarhub

माछा मार्न गएका एक युवक तिला नदीमा बेपत्ता


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ । 

बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए । 

स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको तिला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।  

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ३५ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको