‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक'  | Khabarhub Khabarhub

‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक’ 


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् । 

शनिबार आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल, नेकपा (एमाले) नेता रघुजी पन्त, पूर्वसञ्चारमन्त्री रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतले संविधान संशोधन हुनुपर्ने साझा धारणा व्यक्त गरेका हुन् । 

कांग्रेस नेता डा. रिजालले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता सम्बोधन गर्न संशोधन गर्नुपर्ने महसुस भए पनि पटक पटक सरकार बदलिने अवस्थाले त्यसले प्राथमिकता नपाएको धारणा राखे। 

उनले भने, ‘सबै राजनीतिक दलको धारणा संविधान संशोधन गर्ने भए पनि पटक–पटक सरकार फेरिँदा त्यो विषय जटिल बन्दै गयो । समावेशीतालाई प्राथमिकता दिँदै गठबन्धन गर्नै पर्ने बाध्यात्मक अवस्था सुधार्न आवश्यक छ, यो अकाट्य दस्ताबेज होइन ।’

डा. रिजालले सङ्घीयता खर्चिलो भयो भनेर प्रश्न उठे पनि यस व्यवस्थालाई बलियो बनाउने विषयमा  आवश्यक कानुन नबनेकाले समस्या भएको धारणा राखे । उनले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेशमा पनि त्यसको अरि पर्ने र कतिपय अवस्थामा पार्टीगत गुटसमेत परिवर्तन हुने अवस्थाले जटिलता थपिरहेको जिकिर गरे । 

एमाले नेता पन्तले कुनै पनि देशको संविधान समयअनुसार संशोधन हुने भन्दै अभ्यासका क्रममा देखिएका जटिलता सम्बोधन गर्न गठबन्धन सरकार संशोधनको कुरा अगाडि बढाएको बताए। 

‘संविधान असंशोधनीय दस्ताबेज होइन । त्यसैले संशोधनको कुरा उठेका छन्, पक्कै केही जटिलता छन् तर सबै राजनीतिक दलको सहमति जुटाएर यसलाई अगाडि बढाउनुपर्छ । जनहितका लागि संविधान संशोधनको लागि सहमति जुटाउन प्रयास गरिँदैछ’, उनले भने । 

सङ्घीयताको सवालमा केही प्रश्न उठिरहे पनि कुनै पनि राजनीतिक दल यसमा पुनर्विचार गर्ने अवस्थामा नपुगेकासमेत नेता पन्तको भनाइ थियो । 

नेकपा (माओवादी केन्द्र) की नेतृ शर्माले संविधान गतिशील दस्ताबेज भएकाले सुरुदेखि नै संशोधनको आवश्यकता महसुस भएको र त्यो औचित्यपूर्ण रहेको बताइन्। 

उनले भनिन्, ‘हामी संविधान संशोधनको मुद्दा लिएर जनतामाझ पुगेकै छैनौँ र यस विषयमा गम्भीर बनेका छैनौँ । निर्वाचन प्रणाली, शासकीय स्वरुप, समानुपातिक समावेशिता, नागरिकतालगायत सवालमा केही समस्या छन्,  यस्ता विषयलाई प्राथमिकता राखी संविधान संशोधन गर्नु आवश्यक छ ।’

रास्वपाका प्रमुख सचेतक परियारले आफ्नो पार्टी संविधान संशोधनको पक्षमा रहेको बताए । उनले कुनै राजनीतिक दलको फाइदाको लागि गरिने संशोधन भने स्वीकार्य नहुने धारणा राखे । परियारले सबै राजनीतिक दलको सहमति जुटाएर संविधान संशोधन गरे जनहितमा हुने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ४९ बजे

कोशी लगानी सम्मेलनमा विज्ञको राय– कानून संशोधन, आर्थिक स्वामित्व ग्रहण र लगानीको स्पष्ट खाका हुनुपर्छ

काठमाडौं – कोशी प्रदेशमा बिहीबारबाट सुरु भएको लगानी सम्मेलनमा आर्थिक

आजदेखि खुले सरकारी विद्यालय (तस्बिरहरू) 

काठमाडौं– करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि

अर्थमन्त्री पौडेल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी

मन्त्रिपरिषद् बैठक स्थगित, रोकियो राज्यमन्त्रीको शपथ 

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ

कलश यात्रा (तस्बिरहरू)

काठमाडौं– नागार्जुन नगरपालिकामा बनाइएको बद्रीनारायण धामको प्राणप्रतिष्ठाको अवसरमा आज कलश