आहा रारा गोल्डकपको ट्रफी उज्वेकिस्तानलाई | Khabarhub Khabarhub

आहा रारा गोल्डकपको ट्रफी उज्वेकिस्तानलाई


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ ।

सर्वाधिक सफल टोली मानिएको नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्वेकिस्तानको ब्लाक बुल्स च्याम्पियन भएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।

शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले समान एक एक गोल गरेका थिए भने पुलिसका लागि एक गोल त्यो पनि आत्मघाती उपाहार स्वरुप प्राप्त भएको थियो ।  

खेलको पहिलो हाफको ४०औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो भने दोस्रो हाफको ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।

सतोरोभ ६६औं मिनेटमा गोल गर्दा ब्ल्याक बुल्स ३–० ले अगाडि बढिसकेको थियो तर ७७औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–१ को स्थितिमा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा ब्ल्याक बुल्स यस वर्षको आहा गोल्डकपको च्याम्पियन बन्न सफल भएको हो ।

सेमिफाइलनमा ब्ल्याक बुल्सले थ्री स्टार र पुलिसले चर्च ब्वाइज ब्वाइज युनाइटेडलाई पराजित गरेर फाइनलमा पुगेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ५३ बजे

नेवार समुदायले आफ्नै पूजा गरी मनाए म्हपूजा

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले

रौतहटमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको