गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात « Khabarhub

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा आज दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनले बताए । हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ । “दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ”, लामाले भने ।

हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिए । “यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन । आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्कने भन्ने निश्चित हुन्छ”, दिए । हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ०८ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै