पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह « Khabarhub

पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह


१ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पाल्पा– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट पारेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको बताएका हुन् ।

यसअघिका सरकारले अगाडि बढाएको पूर्व विशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरि निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै उनले सुविधा थप्ने गृहकार्य अघि नबढेको बताए । उनले भने, ‘वर्तमान सरकार सुविधा थप्ने मनसायमा छैन ।’

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित  रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए । राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले  अहिले कांग्रेस, एमालेसिहतका दलहरू मिलेर सरकार बनेको भन्दै उनले जनताको जीवन र जिविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए ।

शुक्रबार पाल्पा कांग्रेसको कार्यक्रममा सहभागी भएका सिंह आज गुल्मी क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा सहभागि हुँदैछन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ९ : ०५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका