अर्थसंक्षेप : लघुवित्त पीडितले आन्दोलन चर्काउने, २७०० बिन्दुबाट फर्कियो बजार र बोइङको डेलिभरी रोक्न चीनको आदेश | Khabarhub Khabarhub

अर्थसंक्षेप : लघुवित्त पीडितले आन्दोलन चर्काउने, २७०० बिन्दुबाट फर्कियो बजार र बोइङको डेलिभरी रोक्न चीनको आदेश


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

‘सेबोनको पनि कमजोरी छ, ब्रोकरलाई पुँजी पुर्‍याउन समय दिनुपर्छ’

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई एक–आपसमा गाभिने (मर्ज गर्ने) बाटो खोलिदिएको छ । धितोपत्र व्यवसायी गाभ्ने-गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०८१’ आएको छ ।

सेबोनले २०७९ सालमै नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिँदा न्यूनतम पुँजी २० करोड हुनुपर्ने मापदण्ड राखेको थियो । पुराना कम्पनीका हकमा ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने निर्देशन दिएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुने गरी ब्रोकर कम्पनीले नयाँ मापदण्डअनुसार चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ पुर्‍याउनु पर्छ । यो मापदण्डको समय–सीमा सकिन अब तीन महिनामात्र बाँकी छ ।

बजेट अभावले खानेपानी आयोजना अलपत्र

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

चैत महिनामा बढ्यो घरजग्गाको कारोबार, चार अर्ब बढी राजस्व संकलन

चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा ४९ हजार आठ सय ३२ वटा लिखत पारित भएको हो । जुन कारोबार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा बढी हो ।

सो महिनामा भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब २९ करोड दुई लाख २२ हजार दुई सय २९ रुपैयाँ पुँजगत लाभकर र चार अर्ब ३९ करोड ४६ लाख ८६ हजार आठ सय ७६ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ ।

कालीकोटको लालु–लैफु सडक निर्माण अन्तिम चरणमा

संरक्षणक्षेत्रले आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्छ – वनमन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षणक्षेत्रले आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नु पर्ने बताएका छन् । संरक्षणक्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने उनले बताए ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा वनमन्त्री शाहीले पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको बताए ।

रुकुम पश्चिमका २२ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण, १८ हजार घरमा बाँकी

हरियालीसहित २७०० बिन्दु पुगेर फर्कियो शेयर बजार

मंगलबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार २७०० बिन्दु पुगेर फेरि फर्किएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले बढेर २६८.२२ बिन्दुमा पुगेको छ । नेप्से १.०१ प्रतिशतले बढ्दा करोबार रकम पनि बढेको छ । मंगलबार दिनभरमा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।

रिलायबल म्युचुअल फण्ड बुधबारबाट निष्कासन हुने 

सरकारले नसुनेपछि लघुवित्त पीडितले भने- अझै कडा आन्दोलन गरेर घुँडा टेकाउँछौँ

वित्तिय पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरूले कमजोरीको रुपमा नलिन चेतावनी दिए । उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइमा पनि शासकहरू घुँडा टेक्न बाध्य जिकिर गरे ।

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ ।

जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् । अमेरिकाले अब चीनबाट आयातमा १४५ प्रतिशतसम्म कर लगाएको छ ।

बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ?

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ४० बजे

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी– डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा सवारी दुर्घटना

ट्रम्प नीतिको असर: अमेरिकाको आर्थिक वृद्धि घट्ने प्रक्षेपण

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि यस वर्ष

सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

काठमाडौं– गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ललितपुरको गोदावरी नगरपालिका

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको