सिटी सेन्टरमा ‘१८ डी’ फिल्महल सञ्चालनमा « Khabarhub

सिटी सेन्टरमा ‘१८ डी’ फिल्महल सञ्चालनमा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘१८ डी’ फिल्म हल सञ्चालनमा आएको छ । नयाँ वर्षको सुरुवात पारी सञ्चालनमा ल्याइएको यो हलको उद्घाटन महानायक राजेश हमालले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा हमालले आफैँले पनि ‘१८ डी’ फिल्मको अनुभव लिए । पत्रकारहरूसँगको कुराकानीमा उनले भने ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन ।’

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन् ।

फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङले सञ्चालनमा ल्याइएको यो हलमा फिल्म हेर्दा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास गर्न सक्छन्।

सञ्चालक गुरुङका अनुसार यस हलमा दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्महरू हेर्न पाउनेछन् ।

यो प्रविधियुक्त फिल्म हेर्न दर्शकले तीन सय रुपैयाँ शूल्क तिर्नुपर्नेछ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ०४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई