सिटी सेन्टरमा ‘१८ डी’ फिल्महल सञ्चालनमा « Khabarhub

सिटी सेन्टरमा ‘१८ डी’ फिल्महल सञ्चालनमा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘१८ डी’ फिल्म हल सञ्चालनमा आएको छ । नयाँ वर्षको सुरुवात पारी सञ्चालनमा ल्याइएको यो हलको उद्घाटन महानायक राजेश हमालले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा हमालले आफैँले पनि ‘१८ डी’ फिल्मको अनुभव लिए । पत्रकारहरूसँगको कुराकानीमा उनले भने ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन ।’

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन् ।

फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङले सञ्चालनमा ल्याइएको यो हलमा फिल्म हेर्दा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास गर्न सक्छन्।

सञ्चालक गुरुङका अनुसार यस हलमा दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्महरू हेर्न पाउनेछन् ।

यो प्रविधियुक्त फिल्म हेर्न दर्शकले तीन सय रुपैयाँ शूल्क तिर्नुपर्नेछ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ०४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर