सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ? « Khabarhub

सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले देशमा फेरि लोडसेडिङ सुरू भएकोबारे बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा जिज्ञासा राखेका छन् ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका किरातीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाएपछि देशभर अघोषित लोडसेडिङ सुरु भएको गुनासो जनताबाट आउन थालेको बताएका हुन्।

पूर्वी नेपाल भ्रमणपछि अधिकांश स्थानमा बत्ती गइरहेको देखिएको उनले उल्लेख गरे ।

‘घिसिङ हटेपछि बत्ती जान थाल्यो’ भन्ने जनगुनासो व्यापक रूपमा सुनिएको छ’, उनले भने, ‘विद्युत् प्राधिकरण घिसिङको कार्यकालमा नाफामा थियो । अहिले घाटामा गएको सुनिँदैछ ।’

किरातीले प्राधिकरणको नयाँ नेतृत्व (हितेन्द्रदेव शाक्य) ले संस्थालाई संकटग्रस्त देखाउनुलाई निजीकरणको पूर्वतयारी त होइन भनेर सरकारसँग प्रश्न पनि गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ४८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि