खरबुजा बिक्रीबाट दैनिक १२ हजार आम्दानी  | Khabarhub Khabarhub

खरबुजा बिक्रीबाट दैनिक १२ हजार आम्दानी 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए। उनले दिनमा १० हजारदेखि १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिए । 

‘धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक-दुई दिन बिराएर बिक्री गर्ने गरेको छु’, उनले भने।

लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजाखेती गर्दै आएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताए। उनले दिनमा चार हजारदेखि सात हजारसम्म आम्दानी हुने जानकारी दिँदै दैनिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गरे । 

‘उत्पादनको सुरुमा ४० देखि ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो ३० मा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ’, उनले भने । 

किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजाखेती गरिरहेका छन् । त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बङ्गरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजाखेती गरेका छन् ।

 नदीबगरमा थारू समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आएका छन् ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ३ : ०७ बजे

‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई

काठमाडौं– नन्द प्रसाद जानुका फाउन्डेशनले शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्द प्रसाद

जापानद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

काठमाडौं– अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान

युद्धविरामसँगै इरानी आक्रमणमा ५ इजरायलीको मृत्यु, इरानका अर्का वैज्ञानिक मारिए

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि पनि इरान

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

चिनोबानो हराएको ढुङ्गे रेल !

चतरा (सुनसरी) – ओहोरदोहोर गर्नेहरूकै स्मृतिमा पनि धुमिल हुँदैछ त्यो