एमाले सांसद घर्ती भन्छिन्- ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा « Khabarhub

एमाले सांसद घर्ती भन्छिन्- ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेको बताएकी हुन् ।

उनले संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मञ्चका रुपमा रहेको बताइन् । उनले शुक्रबारदेखि हुने ‘सगरमाथा संवाद’ लाई शुभकामना पनि दिएकी छन् ।

घर्तीले नेपाल जलवायु संकटको चरममा रहेको र मौसमी घटनाका कारण विपत्तका जोखिमले देशलाई ठूलो क्षति गरिरहेको पनि बताइन् ।

उनले राष्ट्रिय तथ्याङ्क कार्यालयको दोस्रो पारिवारिक संरक्षण अनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताइन् ।

उनले विगत पाँच वर्षमा जलवायु विपद्बाट सहरी क्षेत्रमा दुई खर्ब १८ अर्ब ८२ करोड र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको बताइन् ।

सांसद घर्तीले देशमा भएका सगरमाथासहितका हिमचुचुरा जलवायु परिवर्तनकै कारण काला चट्टानमा परिवर्तन भएकाले गम्भीर हुनुपर्ने बताएकी छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ३ : १९ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको