एमाले सांसद घर्ती भन्छिन्- ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा « Khabarhub

एमाले सांसद घर्ती भन्छिन्- ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेको बताएकी हुन् ।

उनले संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मञ्चका रुपमा रहेको बताइन् । उनले शुक्रबारदेखि हुने ‘सगरमाथा संवाद’ लाई शुभकामना पनि दिएकी छन् ।

घर्तीले नेपाल जलवायु संकटको चरममा रहेको र मौसमी घटनाका कारण विपत्तका जोखिमले देशलाई ठूलो क्षति गरिरहेको पनि बताइन् ।

उनले राष्ट्रिय तथ्याङ्क कार्यालयको दोस्रो पारिवारिक संरक्षण अनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताइन् ।

उनले विगत पाँच वर्षमा जलवायु विपद्बाट सहरी क्षेत्रमा दुई खर्ब १८ अर्ब ८२ करोड र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको बताइन् ।

सांसद घर्तीले देशमा भएका सगरमाथासहितका हिमचुचुरा जलवायु परिवर्तनकै कारण काला चट्टानमा परिवर्तन भएकाले गम्भीर हुनुपर्ने बताएकी छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ३ : १९ बजे

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह