इजरायली सेनाद्वारा गाजा सहरको वरपर खाली गर्न आदेश « Khabarhub

इजरायली सेनाद्वारा गाजा सहरको वरपर खाली गर्न आदेश


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल–रिमल वरपरका क्षेत्र तत्काल खाली गर्न आग्रह गरेको छ ।

आइडिएफ अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रकाशित चेतावनीमा संलग्न नक्सा अनुसार चेतावनी दिइएको स्थानहरूमा विद्यालय र अस्पताल परिसरहरू समावेश छन् ।

अद्राईले हमासले ‘आतंकवादी गतिविधिहरू’ का लागि यी नागरिक क्षेत्रहरूको शोषण गरिरहेको उल्लेख गर्दै आइडिएफले ठूलो बलका साथ क्षेत्रहरूमा आक्रमण गर्ने पुष्टि गरे ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पराजित गर्ने प्रयासका साथ अगाडि बढ्नका लागि आगामी दिनमा इजरायली सेना ‘पूर्ण बलका साथ’ गाजामा प्रवेश गर्ने मंगलबार चेतावनी दिएपछि निकासी आदेश आएको हो । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : ५८ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश