कांग्रेस संसदीय दलको बैठक आह्वान « Khabarhub

कांग्रेस संसदीय दलको बैठक आह्वान


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिन्धुपाल्चोकबाट विजयी प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएपछि कांग्रेसले दलको बैठक बोलाएको हो । 

संसदीय दलको शनिबार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

२०७९ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन सूचना तथा सञ्चार मन्त्री उनीसहित १६ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएपछि बस्नेतको सांसद पद पनि स्वतः निलम्बन हुने भएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : १७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार