कांग्रेस संसदीय दलको बैठक आह्वान « Khabarhub

कांग्रेस संसदीय दलको बैठक आह्वान


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिन्धुपाल्चोकबाट विजयी प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएपछि कांग्रेसले दलको बैठक बोलाएको हो । 

संसदीय दलको शनिबार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

२०७९ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन सूचना तथा सञ्चार मन्त्री उनीसहित १६ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएपछि बस्नेतको सांसद पद पनि स्वतः निलम्बन हुने भएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : १७ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश