रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा « Khabarhub

रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बिहीबार उच्च अदालत पोखरामा सरकारी वकिलले बहस सुरु गरेका छन् । 

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासमा सुनुवाइ भएको हो । उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस थालेका हुन् ।

मुद्दामा शुक्रबार पुनः सरकारी वकिलको बहस हुने अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।

यो प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र पूर्वप्रदेश सांसद मीना गुरुङसमेत मुछिएका छन् ।  

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : २० बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक