गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो « Khabarhub

गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

गाजा – प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेकासमय बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो ।

इजरायली सेना प्रमुखले भने, “एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको आक्रमणको दोषी पत्ता लगाउने क्रममा कब्जा गरिएको पश्चिम किनारामा छापा मार्ने क्रम जारी छ र सडक अवरुद्ध भएको छ ।”

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको छ ।इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही सुरु गरेको थियो ।

ह्युमन राइट्स वाच (एचआरडब्लु)का अन्तरिम कार्यकारी निर्देशक फेडेरिको बोरेलोले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, “इजरायलको नाकाबन्दीले सैन्य रणनीतिलाई उछिनेर विनाशको स्रोत बनेको छ ।”

एचआरडब्लुले भनेको छ, “गाजाको नागरिक संरचना भत्काउने र प्यालेस्टिनी जनसङ्ख्यालाई एउटा सानो क्षेत्रमा केन्द्रित गर्ने इजरायली सरकारको योजनाले मानवताविरुद्ध जारी अपराध, जातीय सफाया र नरसंहारको घृणित कार्यलाई व्यापक रूपमा बढाउनेछ।”

उत्तरी गाजाका ४३ वर्षीय प्यालेस्टिनी अमिर सेल्हाले इजरायलले रातभर तीव्र गोलाबारी गरेको बताए । उनले भने, “ यो क्षेत्र मानिसहरू र टेन्टहरूले भरिएको छ र यहाँ ट्याङ्कीका गोलाहरू चौबीसै घण्टा प्रहार भइरहेका छन् ।”

उनले बिहानै इजरायली सेनाको ड्रोनले आफ्नो छिमेकमा पर्चा खसालेको र त्यहाँका बासिन्दालाई दक्षिणतर्फ जान चेतावनी दिएको बताए । इजरायल र हमासबीच १९ महिना सम्म चलेको युद्धका क्रममा गाजाका अधिकांश नागरिक कम्तीमा एकपटक विस्थापित भएका छन् ।

इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा कब्जामा लिइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न हमासलाई दबाब दिने उद्देश्य राखेको बताएको छ ।अमेरिकी सहयोग प्राप्त गैरसरकारी संस्था गाजा ह्युमेनिटेरियन फाउन्डेसनले इजरायली अधिकारीसँगको वार्तापछि यसै महिनाबाट गाजामा मानवीय सहायता वितरण सुरु गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच युरोपेली सदस्य राष्ट्रले मङ्गलबार एक संयुक्त वक्तव्य जारी गर्दै इजरायली योजनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : ५१ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक