गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो « Khabarhub

गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

गाजा – प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेकासमय बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो ।

इजरायली सेना प्रमुखले भने, “एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको आक्रमणको दोषी पत्ता लगाउने क्रममा कब्जा गरिएको पश्चिम किनारामा छापा मार्ने क्रम जारी छ र सडक अवरुद्ध भएको छ ।”

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको छ ।इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही सुरु गरेको थियो ।

ह्युमन राइट्स वाच (एचआरडब्लु)का अन्तरिम कार्यकारी निर्देशक फेडेरिको बोरेलोले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, “इजरायलको नाकाबन्दीले सैन्य रणनीतिलाई उछिनेर विनाशको स्रोत बनेको छ ।”

एचआरडब्लुले भनेको छ, “गाजाको नागरिक संरचना भत्काउने र प्यालेस्टिनी जनसङ्ख्यालाई एउटा सानो क्षेत्रमा केन्द्रित गर्ने इजरायली सरकारको योजनाले मानवताविरुद्ध जारी अपराध, जातीय सफाया र नरसंहारको घृणित कार्यलाई व्यापक रूपमा बढाउनेछ।”

उत्तरी गाजाका ४३ वर्षीय प्यालेस्टिनी अमिर सेल्हाले इजरायलले रातभर तीव्र गोलाबारी गरेको बताए । उनले भने, “ यो क्षेत्र मानिसहरू र टेन्टहरूले भरिएको छ र यहाँ ट्याङ्कीका गोलाहरू चौबीसै घण्टा प्रहार भइरहेका छन् ।”

उनले बिहानै इजरायली सेनाको ड्रोनले आफ्नो छिमेकमा पर्चा खसालेको र त्यहाँका बासिन्दालाई दक्षिणतर्फ जान चेतावनी दिएको बताए । इजरायल र हमासबीच १९ महिना सम्म चलेको युद्धका क्रममा गाजाका अधिकांश नागरिक कम्तीमा एकपटक विस्थापित भएका छन् ।

इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा कब्जामा लिइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न हमासलाई दबाब दिने उद्देश्य राखेको बताएको छ ।अमेरिकी सहयोग प्राप्त गैरसरकारी संस्था गाजा ह्युमेनिटेरियन फाउन्डेसनले इजरायली अधिकारीसँगको वार्तापछि यसै महिनाबाट गाजामा मानवीय सहायता वितरण सुरु गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच युरोपेली सदस्य राष्ट्रले मङ्गलबार एक संयुक्त वक्तव्य जारी गर्दै इजरायली योजनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : ५१ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक