प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ४० बजे

असोज १८ देखि २० सम्म विशेष सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष

दशैं सत्य, धर्म र न्यायको विजयको प्रतीक : राष्ट्रपति

काठमाडौं, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र

युक्रेनको ओडेसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु

कीभ- युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौं- कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिने भएकी छिन् ।

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा