रोशी किनारको बस्ती जोगाउला तटबन्धले ? (तस्बिरहरू) « Khabarhub

रोशी किनारको बस्ती जोगाउला तटबन्धले ? (तस्बिरहरू)


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- गत वर्ष असोज १०-१२ गते काभ्रेपलाञ्चकोकको रोशी खोलामा आएको बाढीले तहसनहस पारेको बस्ती बचाउने प्रयास भइरहेको छ ।

अहिले पनि उत्तिकै जोखिममा रहेको खोला किनारको उक्त बस्तीका बासिन्दा बर्खा लागेसँगै त्रसित छन् ।

रोशी किनारको बस्ती जोगाउन स्थानीय सरकारले अहिले धमाधम तटबन्ध बनाइरहेको छ । पनौती नगरपालिका-१२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध बनाउने काम भइरहेको छ ।

पनौती नगरपालिका-१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण र आसपासका बस्ती सुरक्षित गर्न खोलो गहिरो बनाएर तटबन्ध बनाइएको हो ।

सुरूमा डिजिटल नक्साबाट खोलाको सीमा छुट्याएर बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिई तटबन्ध बनाउने काम भइरहेको उनले बताए ।

तटबन्ध निर्माणका लागि एक करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ । आगामी वर्षको बजेटमा रोशी करिडोरको काम सुरू हुने छ । यसका लागि ५ करोड बजेट राखिएको उनले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ०४ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै