भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ « Khabarhub

अख्तियारको स्टिङ अपरेशन

भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त परिमाणको घुस रकमसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूले चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस मागेको अख्तियारले जनाएको छ । त्यसपछि अख्तियारको टोली स्टिङ अप्रेसनका लागि भक्तपुर मालपोत पुगेको थियो ।

आचार्यले कार्यालय सहयोगी राउतमार्फत् जग्गाको लगत कट्टाका लागि उक्त घुस रकम लिएको खुलेको छ । उनीहरूलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मालपोत परिसरबाटै घुस लिएको रकमसहित समातेको हो ।

उक्त घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको हो । कार्यालय प्रमुख आचार्य पक्राउ परेको पुष्टि अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले खबरहबलाई गरेका छन् ।

‘कार्यालय प्रमुख आचार्य र सहयोगी पक्राउ परेका छन् । यसमा घुस लिनेहरू अन्य पनि थपिन सक्छन्’, उनले भने, ‘अख्तियारको टोलीले मुचुल्का उठाइरहेको छ । अन्य थप विवरण पक्राउ परेकाहरूलाई कार्यालयमा ल्याएसँगै थाहा हुनेछ।’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ४७ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण