दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने « Khabarhub

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७ गतेसम्म लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । 
 
कार्यालयले जिल्लाका ९ पालिकामै सप्ताहव्यापी खोप अभियान चलाएर गाईगोरु भैँसी र चौँरीमा लाग्ने संक्रामक लम्पी स्किन रोग विरुद्धको खोप लगाउन लागेको पशुसेवा कार्यालय दोलखाका कार्यालय प्रमुख डा.टेकराज पौडेल जानकारी दिए ।

कार्यालयले बिहीबार सदरमुकाम चरिकोट खोप अभियानको बारेमा जिल्लाका ९ वटै पालिकाका पशुशाखा प्रमुख तथा भ्याक्सिनेटरहरुलाई अभिमुखीकरण दिएको थियो ।

कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहमा एक हजार ४ सय ७५ का दरले ९ पालिकामा १३ हजार दुई सय ७५ वटा पशुबस्तुलाई भ्याक्सिन दिने तयारी गरिएको बताए । खोप लगाउन कार्यालयले ३० जना भ्याक्सिननेटर खटाउने जनाएको छ ।

साथै सम्बन्धित पालिका र वडामा कार्यरत पशु स्वास्थ्य प्राविधिकलाई पनि खोप अभियानमा खटाइने थापाले बताए ।

दोलखामा २०८० को जेठ देखि भदौसम्म लम्पी स्किन रोकको प्रकोपले नौ सय ४० वटा पशु मरेका थिए भने,३७ हजार एक सय ७५ पशुबस्तु संक्रमित भएका थिए । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ५४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले