कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन « Khabarhub

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहणका क्रममा सबै कर्मचारी सच्चिनुपर्ने बताएका छन् ।

उनले सरकारको स्रोत र करदाताको पैसाको सदुपयोग भएको नभएको विषयमा ध्यान दिनुपर्ने पनि बताएका छन् ।

‘मैले काम गर्दा नेपाल सरकारको स्रोतको सदुपयोग हुँदैन कि, करदाताको पैसाको सदुपयोग हुन सक्दैन कि सार्वजनिक सम्पत्तिको सदुपयोग हुन सक्दैन कि, नेपाल सरकारले सार्वजनिक प्रयोगको निम्ति भनेर खरिद गरेको मैले व्यक्तिगत वा अन्य प्रयोगमा गरेको छु कि भनेर यी सबै कुरालाई ध्यान दिएर हामी सँच्चिनै पर्छ’, उनले भने ।

उनले सँच्चिनका लागि कर्मचारीहरूलाई आग्रह गर्दै त्यो विषयलाई बुझ्न सक्छन् भन्ने भनाइ राख्दै कुनै कर्मचारीले गल्ती गरेमा प्रशासकीय जिम्मेवारीअनुसार अर्थसचिवले तुरुन्त गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : २४ बजे

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले