जेन-जीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो : प्रचण्ड « Khabarhub

जेन-जीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो : प्रचण्ड


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए।

संयोजक प्रचण्डले देश सङ्कटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए।

 ‘हाम्रो पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ उनले भने, ‘जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’

सरकारमा बस्दा जेनजीहरूलाई दमन गर्ने  र जेनजीमा माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले थपे, ‘सरकारमा बसेर जेनजीहरुलाई दमन गर्ने र सडकमा जेनजीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरूले  प्रचार गर्ने गरेका छन् । हामी उनीहरु जस्तै होइनौँ । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने  जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निर्वाचन गराउने गरी भूमिका खेल्न आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर दुविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’

पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत पनि दिँदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेनजीका माग अनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गरे । पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाए।

उनले जेनजीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका एजेण्डा एउटै भएको बताए ।  

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार