सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका | Khabarhub Khabarhub

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ ।

कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सीसीटीभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका टेलिकमसँगको सहकार्य अघि बढाइएको हो ।

सीसीटीभी क्यामराका कैद भएका दृश्यलाई प्रत्येक निगरानी कक्षसम्म पुर्‍याउनका लागि कामपा र नेपाल टेलिकमसँग सम्झौतासमेत भइसकेको छ । यससँगै नियमित मर्मतसम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि टेलिकमले सेवा उपलब्ध गराउनेछ ।

सीसीटीभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ ।

प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा ल्याउन कामपाले यस कार्य अघि बढाएको काफ्लेको भनाइ छ ।

टेलिकमसँग यसअघि अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यसअघि जडान गरेका सिसीटिभीका दृश्यहरू प्राप्त गर्नसक्ने अवस्था रहेको कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।

सीसीटीभी क्यामराले कैद गरेका दृश्यहरू महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पुर्‍याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यसअघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटीभी जोड्न सकिनेछ ।

काठमाडौंलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो । यसबमोजिम कामपा वडा कार्यालय र यसभित्रका सार्वजनिकस्थलको दृश्य सीसीटीभी निगरानी कक्ष (सीसीटीभी सर्भलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जिपीओएन) प्रयोग गरिनेछ । (रासस) 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ११ : २९ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड