८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि… « Khabarhub

८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बुद्धशान्ति गाउँपालिका– ६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११ साढे ११ बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आँगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डिल्लीरामका काइँला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।

परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए थिए । केही महिना अघिमात्र उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो । 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ११ : ५६ बजे

समानुपातिकको बन्द सूची बुझाउन दलहरूलाई हतारो (तस्बिरहरू)

काठमाडौं– २१ फागुनको निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२