लडेर सात वर्षीय बालिकाको मृत्यु « Khabarhub

लडेर सात वर्षीय बालिकाको मृत्यु


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो ।

फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो । शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै बढईले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १ : ३६ बजे

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली