अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई पक्राउ गरेका छन् । उनीहरूलाई कम्बोडियासिमाना नजिक गाडीमा ८१ ‘म्याकाक’ बाँदर राखेको अवस्थामा नियन्त्रणमा लिइएको सैन्य स्रोतले शनिबार जनाएको छ । 

‘म्याकाक’ एक प्रकारको बाँदर हो, जुन मुख्यतः एशिया, उत्तर अफ्रिका र युरोपका केही भागहरूमा पाइन्छ । म्याकाक बाँदरहरूको प्रजाति धेरै विविध छ र यिनीहरूको आकार, रङ्ग र जीवनशैलीमा विभिन्नता पाइन्छ।

थाइल्याण्ड वन्यजन्तु तस्करीको प्रमुख मार्गको रूपमा परिचित छ, जहाँ दुर्लभ जनावरहरू चीन, ताइवान र दक्षिणपूर्वी एसियामा कालो बजारमा महँगो मूल्यमा बेचिन्छन् ।

शुक्रबार दिउँसो साराकेओ प्रान्तको अरान्याप्रथेत जिल्लामा गाडीलाई रोकेर जाँच गर्दा सैनिकहरूले बाँदरहरू निलो जालोमा थुप्रिएको अवस्थामा फेला पारे ।

१२ औँ रेन्जर फोर्स रेजिमेन्टले फेसबुकमा जारी गरेको वक्तव्यअनुसार,’३ः२० बजे दुई जनालाई पक्राउ गरी गाडीको निरीक्षण गरियो ।’

सैनिकहरूले ‘मेथाम्फेटामिन’का गोली र ‘क्रिस्टल मेथ’ पनि बरामद गरेका छन्, यद्यपि बरामद पदार्थको मात्रा खुलाइएको छैन ।

सोधपुछको क्रममा पक्राउ परेकाहरूले थाइल्याण्डबाट कम्बोडियातर्फ म्याकाक बाँदर तस्करी गर्ने अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न रहेको स्वीकार गरेका छन् । सैनिकहरू प्रहरीसँग मिलेर उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण र लागूऔषध कानून अन्तर्गत कारबाही अघि बढाइरहेका छन् ।

गत वर्ष थाइल्याण्डमा लगभग एक हजार दुर्लभ लेमुर र कछुवालाई म्याडागास्कर फिर्ता पठाएको थियो, जुन दुई देशबीचको सबैभन्दा ठूलो वन्यजन्तु तस्करीविरुद्धको अभियान थियो । यसै वर्ष मे महिनामा थाइल्याण्ड प्रहरीले दुई ओरेङ्गुटान बच्चा तस्करी गर्ने शंकास्पद व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  २ : ३३ बजे

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली