आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह « Khabarhub

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी राजनीतिक दललाई वार्तामा आउन आह्वान गरेका छन् । उनले  र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरेका छन् ।

मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट आउने भएकाले आन्दोलन रोकी सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

आन्दोलनरत मधेसवादी दलहरूबीच मुठभेडको अवस्थामा हुनसक्ने भन्दै संवादको माधयमबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री तथा संवैधानिक निकायको प्रमुखलाई वर्तमान अवस्थामा असुरक्षा रहेको गुनासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले वार्ता नै संवादको उत्तम विकल्प रहेको धारणा राखे। 

मधेसवादी दलहरूको कुनै एजेण्डा नरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दायर गरी कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गरे । आफू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षामा भए पनि आन्दोलनकारीको भूमिका उग्र हुँदा स्थिति मुठभेडतर्फ गएकाले आन्दोलन त्यागेर वार्तामा आउन उनले सबैलाई आग्रह गरे।  

‘लोसपा नेतृत्वबाट मुख्यमन्त्री बन्नुभएका जितेन्द्र सोनलको सरकार आफ्नै सहयात्रीहरूको स्वार्थका कारण ढलेको हो’, मुख्यमन्त्री यादवले भने। सर्वोच्च अदालतको फैसलालाई आफूले स्वीकार गर्ने जनाउँदै उनले आफू सदैव संविधान र सङ्घीयताको पक्षमा रहेको उल्लेख गरे। 
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ५ : ०३ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन