महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल | Khabarhub Khabarhub

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् । 

नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको आज यहाँ उद्‌घाटन गर्दै उनले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताए। 

‘महासङ्घले उद्यमी–व्यवसायीका समस्या समाधानका लागि प्रयत्न गर्दै आएको छ,  श्रम समस्या होस् वा डेडिकेटेड  ट्रंकलाइन विवादको विषय । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनलगायत उद्यमी–व्यवसायीका समस्या समाधानका लागि राज्यका जिम्मेवार पदाधिकारीसँग वार्ता गरी  समाधानको  प्रयत्न गरेका छौँ’, उनले भने।

उनले त्यसका लागि महासङ्घको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध सङ्घसंस्थाहरू र त्यसका सदस्यहरूको सहभागितामा १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए । 
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ५ : १६ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।