पार्टीको वर्तमान मर्म बुझेर धैर्यता राख्नुहोस् : कावा सभापति खड्का « Khabarhub

पार्टीको वर्तमान मर्म बुझेर धैर्यता राख्नुहोस् : कावा सभापति खड्का


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिई धैर्यता राख्न आग्रह गरेका छन् ।

उनले आज समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीहरूलाई सदा सम्मान गरिरहने र त्यस्ता  टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन् , ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ‘

कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती–कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारेका छन् ।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ०० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका