जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल « Khabarhub

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताएका छन् । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले भनाइ छ ।

त्यस्तै, भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरोगरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको उनले बताए । उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेन-जी आन्दोलनका क्रममा ठूलो क्षति भएको आशंका गरे ।

त्यस्तै उनले वर्तमान सरकार छ महिनाको लागि चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्नेखालका सम्झौता गर्न नपाउने जिकिर गरे ।

अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए ।

रावलले कैदीबन्दी र हात हतियारहरू बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको जिकिर गरे । उनले मुलुकमा देखिएको चूनौतिलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरिएको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ०९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा