जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल « Khabarhub

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताएका छन् । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले भनाइ छ ।

त्यस्तै, भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरोगरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको उनले बताए । उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेन-जी आन्दोलनका क्रममा ठूलो क्षति भएको आशंका गरे ।

त्यस्तै उनले वर्तमान सरकार छ महिनाको लागि चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्नेखालका सम्झौता गर्न नपाउने जिकिर गरे ।

अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए ।

रावलले कैदीबन्दी र हात हतियारहरू बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको जिकिर गरे । उनले मुलुकमा देखिएको चूनौतिलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरिएको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ०९ बजे

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको

नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि