जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल « Khabarhub

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी युवाहरूको माग पुरा गर्नुपर्ने बताएका छन् ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमाले मोरङले आयोजना गरेको प्रदर्शनसहितको सभामा उपाध्यक्ष बरालले भ्रष्टाचार नियन्त्रण र सुशासन जेन-जी युवाहरूको माग रहेकाले संसद् पुनर्स्थापना गरि माग पुरा गर्नुपर्ने बताएका हुन् ।

उनले जने-जी पुस्ताको आन्दोलनमा घुसपैठ भएकाले नै ठूलो जनधनको क्षति भएको बताए । यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न उनले माग गरे । जेन-जी पुस्ताको माग कानूनी राज्यको स्थापना हो भने सर्वोच्च अदालतमा किन आगो लाग्यो भन्दै उनले प्रश्न समेत गरे ।

मोरङको मिक्लाजुङ र रतुवामाईबाट निस्किएको मोटरसाइकल र्‍यालीले जिल्लाका विभिन्न भागको परिक्रमा पछि विराटनगर पुगेर महेन्द्र चोकमा सभामा परिणत भएको थियो । 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : २० बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार