मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट « Khabarhub

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो धर्म भएको बताएका छन् ।

पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा आयोजना गरेको श्री हेमदेवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उनले सडक आश्रित सहयोगापेक्षी मानवको हित गर्ने कार्य पनि निकै पुण्यको कर्म भएको बताए । 

समितिका तर्फबाट प्रदेश प्रमुख भट्ट, अध्यक्ष गणेशबहादुर श्रेष्ठले यस वर्ष मानव सेवा आश्रम नेपाललाई संस्थागत पुरस्कार गरे । उनीहरूले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए। 

समितिका संस्थापक अध्यक्ष स्व हेमबहादुर प्रधानले स्थापना गरेको १५ लाखको अक्षयकोषबाट एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरिएको हो । प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । 

यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्व सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई यस पुरस्कारबाट सम्मान गरिसकिएको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिए।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : २३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका