रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन् « Khabarhub

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन समूहको सिकार बनिरहेकी नेतृ तोसिमा कार्कीले देश एक व्यक्तिले नबन्ने भन्दै रवि लामिछानेपक्षका नेताहरूप्रति कटाक्ष गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घमण्ड र दबाबको प्रसंग निकाल्दै केपी ओलीको उदाहरण पनि दिएकी छन्। उनले सन्तोष परियार, सुमना श्रेष्ठहरु पार्टी छोडेर निस्केको विषयमा पनि पार्टी नेतृत्वलाई दोष दिएकी छन्।

‘सबै अट्ने सबै खट्ने पार्टी बनाउने मार्गचित्र पेस हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरुको अत्याधिक दबाबको कारण संस्थापन पक्ष बाध्य बन्यो। संगठनमा पैसा पसिना समय खर्च गरेर दिन रात खटिनुभएका संगठनका साथीहरुलाई विशेष धन्यवाद त्यस दिन त्यो आवाज र साथ समर्थनको लागि,’ तर फेरी निर्णयमा न बहुमतको कदर भयो। न विधि पद्दतिमा नै चल्यो। घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि ! आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेणडालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउँदैछ।’

उनले फरक विचार राख्नेहरु मिडिया ट्रायलको सिकार बन्नु परेको भन्दै आत्मसम्मान प्रहार गर्दा नेताहरुले पार्टी छोड्ने पनि बताएकी छन्।

‘फरक विचार राख्दैमा फरक रोडम्याप ल्याउँदैमा तिमीहरुको मिडिया ट्रायलको बारम्बार सिकार हुनुपर्छ र आफ्नो अस्तित्व नै एक व्यक्तिले दया गरेर पाएको भन्ने गरी आत्मसम्मानमा प्रहार हुन्छ भने साथिहरु एक पछि अर्को निस्किन्छन् नै। कोहि बोलेर कोहि नबोलेरै,’ उनले भनेकी छन्, ‘फेरि भन्छु, एक व्यक्तिले देश बन्दैन। देश बनाउन सज्जनहरुको सहकार्य चाहिन्छ।’

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ४० बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी