प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ « Khabarhub

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका लागि एक हजार घर निर्माण भइरहेको बताएका छन्।

आज यहाँ आयोजित कार्यक्रममा उनले बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेशभरिका एक हजार गरिब तथा विपन्न नागरिकका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने योजना अघि बढाएको बताएका हुन्।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार गरिबमुखी, गाउँमुखी, सेवामुखी, विकासमुखी, आयमुखी र न्यायमुखी प्रदेश बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउँदै घर निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए। त्यस्ता परिवारलाई घरसँगै आयआर्जनका लागि किस्ताबन्दीमा रु दुई लाखसम्म सहयोग उपलब्ध गराउने पनि उनको भनाइ छ।

मुख्यमन्त्री बानियाँले भने, ‘गरिब, विपन्न, असहायका लागि प्रदेश सरकारले एक हजार घर निर्माण गरेर हस्तान्तरण गर्नेछ। त्यसका लागि प्रक्रिया अगाडि बढाएको छ। ती परिवारलाई गरिखाने व्यवस्थापनका लागि दुई किस्तामा गरी रु दुई लाखसमेत प्रदान गर्ने तयारी छ। त्यो पैसाले बाख्रापालन वा अन्य कुनै व्यवसाय गर्नुपर्नेछ, पहिलो किस्तामा रु एक लाख र व्यवसाय सुरु गरेपछि अर्को किस्ता दिनेछौँ।’

उनले सरकारले गरिब तथा विपन्न बालबालिकालाई निःशुल्क पढाउने व्यवस्थासमेत गर्ने भन्दै आर्थिक अवस्था कमजोर भएकै कारण पढाइबाट वञ्चित हुन नपर्ने गरी व्यवस्था गर्ने लागिएको जानकारी दिए। मुख्यमन्त्री बानियाँले फागुन २१ मा तोकिएको निर्वाचनमा दल र जनतामा उत्साह जगाउने जिम्मेवारी सङ्घीय सरकारको भएको बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ५७ बजे

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६