‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’ « Khabarhub

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको सरोकार भएकाहरूले बताएका छन्। करार सेवामा रहनेको सेवा अवधि निश्चित नहुने तथा उनीहरूको कार्य स्थायित्व नहुने भएकाले स्थायी जनशक्ति नै सेवामा जवाफदेहिताको आधार हुने सरोकार भएकाहरूको मत छ।

स्वास्थ्य कार्यक्रमहरूको कोशी प्रदेशस्तरीय एकीकृत समीक्षा कार्यक्रममा आज सरोकार भएकाहरूले हाल स्वास्थ्य सेवामा आवश्यक स्थायी जनशक्तिमध्ये करिब ५० प्रतिशत दरबन्दी खाली रहेको र त्यसले सेवा प्रवाहमा नै असर परेको धारणा राखेका छन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले स्थायी जनशक्ति भए मात्र सेवाग्राहीले अनुभूत गर्ने गरी गुणस्तर कायम हुने बताए। उनले भने, ‘सेवाग्राही सन्तुष्ट भए मात्रै सेवा राम्रो मानिन्छ। स्थायी जनशक्ति हुँदा तालिम, सीप र कार्यक्षमता विकास हुने भएकाले गुणस्तर सुनिश्चित हुन्छ।’

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले पनि स्थायी संरचना नहुँदासम्म गुणस्तरीय सेवा दिन चुनौती रहने उल्लेख गरे। करारबाट जनशक्ति लिएर तत्कालका आवश्यकता टारिए पनि यसबाट दीर्घकालीन समाधान भने नहुने उनको भनाइ थियो।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले गुणस्तरीय सेवा प्रवाहका लागि नियमित अनुगमनमा जोड दिनुपर्ने र आफूहरू यस कार्यमा लागिरहेको बताए। उनले वार्षिक कार्ययोजनाका आधारमा स्थलगत अनुगमन गर्ने अभ्यासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।

शुक्रबारदेखि सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालय, मातहतका निकाय, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू सहभागी छन्। कार्यक्रम आइतबार सम्पन्न हुने जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : २९ बजे

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान