चिनियाँ दबाबपछि विश्वविद्यालयको शोध रोकिएको विषयमा बेलायतमा अनुसन्धान शुरु « Khabarhub

चिनियाँ दबाबपछि विश्वविद्यालयको शोध रोकिएको विषयमा बेलायतमा अनुसन्धान शुरु


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीको दबाबका कारण एउटा विश्वविद्यालयले आफ्नो शोध नै बन्द गरेको विषयमा बेलायतको प्रतिआतंकवाद प्रहरीले अनुसन्धान थालेको छ । केही समयअघि बेलायतको शेफिल्ड हलम विश्वविद्यालयले उइग्युर मुसलमान समुदायलाई बधुँवा मजदुरका रुपमा खटाइएको विषयमा गरिरहेको शोध ठप्प पारेको थियो ।

समाचारमा जनाइए अनुसार उक्त शोध चिनियाँ दबाबका कारण बन्द गरिएको थियो । ब्राइटबाटका अनुसार यस विषयलाई गम्भीरताका साथ लिँदै अब बेलायतको प्रतिआतंकवाद प्रहरीले अनुसन्धान गर्न लागेको छ ।

उक्त विश्वविद्यायलमा रहेको हेलेना केनेडी सेन्टर फर इन्टरनेशनल जस्टिस नामक शोधकेन्द्रमा लउरा मर्फीले यस विषयमा शोध गरिरहेकी थिइन् । उनको शोधको विषय उइग्युर मुसलमानको मानव अधिकारसँग सम्बन्धित रहेको थियो ।

उइग्युर मुसलमान समुदायलाई चीनले बाध्यकारी श्रममा लगाउने गरेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ । चीन सरकारले भने यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

तर, गत फेब्रुअरी महिनामा उनलाई आफ्नो शोध तत्काल रोक्न आग्रह गरेको थियो । यसै विषयमा बेलायतको प्रतिआतंकवाद प्रहरीले अनुसन्धान थालेको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ४० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका