केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ « Khabarhub

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले नपत्याएपछि विद्रोह गरेका छन् ।

एमालेको राजनीतिमा निरन्तर ओलीको पक्षमा उभिएका उनले एघारौँ महाधिवेशन घोषणा नहुँदै आफूलाई महासचिवको दाबेदारका रुपमा पेश गरेका थिए ।

उनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितले साथ दिए । तर ओलीले उपमहासचिव विष्णु रिमालसहितको जोडबलमा शंकर पोखरेललाई नै महासचिवमा निरन्तरता दिने निर्णय गरे। पोखरेलले महासचिवमा मनोनय गरिसकेका छन् । अब उनले सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन् ।

ओलीले महासचिवमा पोखरेललाई अगाडि बढाएर ज्ञवालीलाई उपाध्यक्षमा राखेका थिए । तर ज्ञवालीले ओलीसँग विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन्। उपमहासचिव ज्ञवालीको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकाल छन्।

ओली टिमले ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाउन सूची बनाएको थियो । तर उनले महासचिव नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर हिँडेका हुन् ।

यसैबीच उनलाई महासचिव बनाउने जोडबल गरेका वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ज्ञवालीलाई महासचिवमा लैजान नसकेपछि गुरुङले ढिलो गरी उपाध्यक्षमा मनोनयन गरेका हुन् ।

उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले एमालेको पदाधिकारीबाट आफू कार्यकर्तामा झरेको बताएका छन् ।

‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठीक भएन, मेरो मन एकदमै दुखेको छ। म पार्टी आन्दोलनको सधैँ अग्रमोर्चामा छु’, उनले भने, ‘म केन्द्रीय सदस्यको दाबेदार हुँ। म पार्टी आन्दोलनका सबैजसो घटनाक्रममा जोडिए हुन्छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने लागेको थियो तर त्यस्तो भएन ।’

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ५३ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय