केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ « Khabarhub

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले नपत्याएपछि विद्रोह गरेका छन् ।

एमालेको राजनीतिमा निरन्तर ओलीको पक्षमा उभिएका उनले एघारौँ महाधिवेशन घोषणा नहुँदै आफूलाई महासचिवको दाबेदारका रुपमा पेश गरेका थिए ।

उनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितले साथ दिए । तर ओलीले उपमहासचिव विष्णु रिमालसहितको जोडबलमा शंकर पोखरेललाई नै महासचिवमा निरन्तरता दिने निर्णय गरे। पोखरेलले महासचिवमा मनोनय गरिसकेका छन् । अब उनले सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन् ।

ओलीले महासचिवमा पोखरेललाई अगाडि बढाएर ज्ञवालीलाई उपाध्यक्षमा राखेका थिए । तर ज्ञवालीले ओलीसँग विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन्। उपमहासचिव ज्ञवालीको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकाल छन्।

ओली टिमले ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाउन सूची बनाएको थियो । तर उनले महासचिव नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर हिँडेका हुन् ।

यसैबीच उनलाई महासचिव बनाउने जोडबल गरेका वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ज्ञवालीलाई महासचिवमा लैजान नसकेपछि गुरुङले ढिलो गरी उपाध्यक्षमा मनोनयन गरेका हुन् ।

उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले एमालेको पदाधिकारीबाट आफू कार्यकर्तामा झरेको बताएका छन् ।

‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठीक भएन, मेरो मन एकदमै दुखेको छ। म पार्टी आन्दोलनको सधैँ अग्रमोर्चामा छु’, उनले भने, ‘म केन्द्रीय सदस्यको दाबेदार हुँ। म पार्टी आन्दोलनका सबैजसो घटनाक्रममा जोडिए हुन्छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने लागेको थियो तर त्यस्तो भएन ।’

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ५३ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच