पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी « Khabarhub

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन्।

उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा ढिलो गरी उम्मेदवारी दर्ता गराएर अवसरवादी प्रवृत्तिलाई एमालेले निरुत्साहित गर्नुपर्ने बताए।

गुरुङले उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै यो महाधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने र अराजकता हटाउनुपर्ने बताए ।

अबको नेतृत्वले संकटलाई उल्टाउन सक्नुपर्ने बताउँदै गुरुङले महाधिवेशनपछि एमाले नयाँ कार्य दिशा लिएर अगाडि बढ्ने दाबीसमेत गरे।

यसअगाडि महासचिवको दाबेदार रहेका उनी शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले महासचिव बनाएपछि असन्तुष्ट थिए।

आफू पछि हटेर उपमहासचिव प्रदीप ज्ञवालीलाई महासचिव बनाउनुपर्ने अडान लिएका उनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

यता ज्ञवालीले भने ओलीले दिएको उपाध्यक्ष पदमा उम्मेदवारी दिएनन् । उनले अब आफू कार्यकर्ता भएकाले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ०२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका