पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी « Khabarhub

पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा रहेको पाइएको छ । एशियाली विकास बैंक एडीबीले सार्वजनिक गरेको तथ्यांकमा ८० प्रतिशत पाकिस्तानीको पहुँचमा शुद्ध पिउने पानी नरहेको उल्लेख छ ।

बैंकको जलविकास आउटलुक प्रतिवेदनमा पाकिस्तानमा जलअसुरक्षा बढिरहेको उल्लेख छ । यसका लागि तत्काल सुधार र लगानी आवश्यक रहेको जनाइएको छ ।

पाकिस्तानमा जलसुरक्षाका लागि आगामी दशकमा ३५ देखि ४२ अर्ब अमेरिकी डलर आवश्यक छ । जल प्रशासन, आपूर्ति, पूर्वाधार र संरचनागत क्षमता विकासका लागि उक्त लगानी आवश्यक रहेको बैंकको प्रतिवेदनलाई उल्लेख गर्दै पाकिस्तानबाट प्रकाशित हुने द नेशन अखबारले जनाएको छ ।

तीव्र जनसङ्ख्या वृद्धिका कारण प्रतिव्यक्ति पानीको उपलब्धता ह्वात्तै घटेको प्रतिवेदनले जनाएको छ । हाल पाकिस्तानमा प्रतिव्यक्ति पानीको उपलब्धता २ हजार ४ सय घनमिटरमा सीमित भएको छ ।

बैंकका अनुसार सन् १९७२ मा पाकिस्तानमा पानीको उपलब्धता प्रतिव्यक्ति ३ हजार ५ सय घनमिटर रहेको थियो । सन् २०३० सम्म यो १ हजार १ सय घनमिटरमा सीमित हुने बैंकको प्रक्षेपण छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ५७ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई