रास्वपा लक्षित बास्कोटाको टिप्पणी– बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ? « Khabarhub

रास्वपा लक्षित बास्कोटाको टिप्पणी– बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरेका छन् ।

आज बिहान समामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा कार्यकर्ताले हिजो काठमाडौं जिल्ला अदालत परिसरमा गरेको गतिविधिप्रति लक्षित गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन् ।

हिजो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए। लामिछानेविरुद्धको थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा त्रिपाठीमाथि आक्रमण भएको थियो।

बास्कोटाले लेखेका छन्– ‘न्याय मरेको छैन भन्थे, अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माईक टाईसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो। अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजाधुजा हुने हुन् ? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : ४८ बजे

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले