विराट एक्स्पोमा विद्यार्थीलाई करिअर काउन्स्लिङ पेभिलियन « Khabarhub

विराट एक्स्पोमा विद्यार्थीलाई करिअर काउन्स्लिङ पेभिलियन


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर – माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठौं संस्करणको विराट एक्स्पोमा विद्यार्थीका लागि करिअर काउन्स्लिङ पेभिलियन राखिने भएको छ ।

औद्योगिक र व्यवसायिक दक्ष जनशक्ति उत्पादनदेखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षिक जनशक्तिलाई स्वदेशमै राखी रोजगारीका अवसर सृजना गर्ने प्रयासस्वरुपः करिअर काउन्स्लिङ पेभिलियन राख्न लागिएको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ ।

एक्स्पो अवधिभरमा करिव २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य सङ्गठनको छ । साथै, शिक्षित जनशक्तिका लागि एक्स्पोले उद्यमशीलताको इकोशिष्टम प्रवर्धन गर्ने उद्देश्यले व्यवसायिक विकासका सबै सेवाहरू, बिटुबी, बजार, प्रविधि, गुणस्तर, मानवस्रोत र सीपका साथै साना घरेलु कृषि उद्योग लगायत सबै प्रकारका विषयहरू एक्स्पोमा समेट्ने लक्ष्य छ ।

एक्स्पोले विशेषरी विद्यार्थीहरूका लागि बिटूबी पेभिलियन र यस अन्तर्गतका विभिन्न कार्यक्रमहरू, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा रहेको करिअर काउन्स्लिङ, श्रमको माग र आपूर्तिकको श्रृङ्खला बुझाउने कक्ष, जब ब्रिज, लाइभ तालिम अवलोकनबारे छुट्टाछुट्टै छलफल तथा जानकारी गराउनेछ ।

त्यसैगरी डिजिटल पेभिलियनमा भएका नविनतम प्रविधिहरू, उद्योग कृषि पर्यटन सेवा लगायतका उत्पादन वस्तु तथा सेवाहरूका बारेमा जानकारी तथा अवलोकनको अवसर प्रदान गरिनेछ ।

हरेक पेभिलियनमा रहेका कर्मचारीहरूले आवश्यक जानकारी गराउनेछन् भने हरेक दिन विशेष आकर्षकका रूपमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आमन्त्रण गरी साक्षात्कार गर्ने तथा प्रवचन समेत गराइने आयोजकले जनाएको छ ।

प्लस टु र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक दिन पाँचवटा कलेजका प्रतिकलेज ५० जना विद्यार्थीहरूको समूहलाई सहभागी गराउन एक्स्पो आयोजकले कलेजहरूसँग आग्रह गरेको छ ।

हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म दैनिक रूपमा सञ्चालन यस कार्यक्रममा एक्स्पोले प्रवेश निःशुल्क गर्नेछ । एक्स्पो अवधिभर २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गरेर स्वदेशमै रोजगारी गर्न आकर्षित गर्ने आयोजक उद्योग संगठनको लक्ष्य छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ५ : ५६ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण