आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ४ गते आइतबार फागुन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा हुनेछ। मन शान्त बन्नेछ। रचनात्मक काममा मन जानेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। सन्तानबाट सुख प्राप्त हुनेछ।

वृष : आज तपाईंको मन अशान्त हुनसक्छ। परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि थपिए पनि निराश नबनी काम गर्नु उचित हुनेछ। अरुका कुरा सुन्ने भन्दा पनि आफ्नो काममा मिहिनेत गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

मिथुन : डुब्न लागेको धन प्राप्त हुनेछ। आफन्त र साथीले सहयोग गर्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। छोटो दूरीको सुखद् यात्रा गर्ने अवसर मिल्नेछ।

कर्कट : लगानीका क्षेत्रमा सचेत बन्नुपर्नेछ। तपाईंको बोलीको प्रभाव बढ्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। धन प्राप्त हुनेछ। राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ। खानपानमा ख्याल नगरे रोगले भने दुःख दिने जोखिम छ।

सिंह : दिन तपाईं अनुकुल रहेको छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। मन शान्त बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ।

कन्या : बोलीको प्रभावले काम बन्नेछ। मनमा कुरा गुम्स्याएर राख्नु भन्दा सार्वजनिक गर्नु उचित हुनेछ। यात्रामा खर्च बढ्नेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ। फुर्सदमा घुम्ने नाममा खर्च बढ्ने योग छ।

तुला : दिन राम्रो छ। व्यापारमा लाभ प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ। प्रेम सम्बन्धमा भए साथ र सहयोग विशेष बन्ने योग छ।

वृश्चिक : गणेशको आर्शिवाद लिएमा काम बन्नेछ। स्वास्थ्यमा सुधार भएकाले मनमा खुशी मिल्नेछ। राज्यका उच्च अधिकारीले तपाईंलाई साथ दिनेछन्। सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्।

धनु : यात्रा सफल बन्नेछ। विवेक प्रयोग गरेर सुरुवात गरेको काममा घाटा नहुने योग छ। धार्मिक क्षेत्रको भ्रमणका लागि अवसर प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ। मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। आकस्मिक रुपमा सञ्चित धन खर्च गर्नुपर्नेछ। पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

कुम्भ : व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सानो कुरामा ठुलो झन्झट बढ्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : मन शान्त रहनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ। विपक्षी साथी शान्त भएकाले सहजै काम बन्नेछ। खर्च बढ्ने भएकाले सचेत हुनुपर्ने छ। संकटमा साथीको साथ मिल्नेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ०८ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट