ट्रम्प-पुटिन वार्तापछि युरोपेली सम्मेलनको तयारी « Khabarhub

ट्रम्प-पुटिन वार्तापछि युरोपेली सम्मेलनको तयारी

युरोपेली एक हुनुपर्ने बेलायतको भनाइ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ता सुरु गरेपछि युरोपेली नेताले युक्रेनको विषयमा छलफल गर्नका लागि सम्मेलनको आयोजना गर्ने भएका छन्।

बैठकमा सहभागी हुने अनुमान गरिएका बेलायती प्रधानमन्त्री केइर स्टेइमरले राष्ट्रिय सुरक्षा र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को हितका लागि युरोपेली एक जुट हुन आवश्यक रहेको बताएका छन्।

युक्रेनका लागि डोनाल्ड ट्रम्पका विशेष दूतले वार्तामा युरोपेली देशको राय लिइने भए पनि वार्तामा सहभागी नगराइने भएपछि सो कदम अघि बढेको हो। ह्वाइट हाउसका अधिकारीहरूले पनि आउँदो दिनमा साउदी अरेबियामा युक्रेन युद्ध अन्त्यका लागि वार्ता हुने बताएका छन्।

अमेरिकी दुत हेइथ केलगले धेरै पक्षको उपस्थितिमा विगतका वार्ता असफल भएका कारण यस पटक युरोपेली सहयात्रीलाई उपस्थित नगराइने बताएका हुन्। युक्रेन मामलामा अमेरिका र युरोपलाई एकै ठाउँमा ल्याउने प्रयास गर्ने समेत स्टेइमरले बताएका छन्।

यो महिनाको अन्त्यमा स्टेइमर अमेरिका भ्रमणमा जाँदै छन्। यसका लागि पिन उनले युरोपेली नेताहरूको मत बुझ्ने छन्।

पोल्यान्डका विदेश मन्त्री राडोस्ला सिरोस्काइले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले सम्मेलनका लागि बोलाएको जानकारी दिएका हुन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ११ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष