सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिले भने- युरोपेली सेना स्थापना गर्नुपर्छ « Khabarhub

सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिले भने- युरोपेली सेना स्थापना गर्नुपर्छ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

म्युनिख – अमेरिका र युरोपको दुरी बढेपछि युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले युरोपेली सेनाको स्थापना आवश्यक भएको बताएका छन्।

म्युनिखमा भएको सुरक्षा सम्मेलनमा बोल्दै जेलेन्सकीले परिवर्तित अवस्थालाई आत्मसात गर्दै सो निर्णय आवश्यक भएको बताएका हुन्। सम्मेलनमा उनले रुस-युक्रेन युद्धमा आफ्नो उपस्थिति बिना भएको सहमति स्वीकार नगर्ने बताएका छन्।

शनिबार अमेरिकी विदेशमन्त्री मार्क रूबिओ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको फोन वार्ता भएपछि बुधबार दुई देशका राष्ट्रपतिको भेटघाटको वातावरण बनिरहेको छ।

यसैबीच जेलेन्सकीले अमेरिकी नेतृत्वको वार्तामा धेरै मात्रमा आफ्नो देशको प्राकृतिक श्रोत समेत असुरक्षित महसुस भएको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति एमालुएल म्याक्रोनले पनि अमेरिकामाथि धेरै भर नपर्न सुझाएका छन्। रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले युक्रेनको नाटो सदस्यता अव्यवहारिक भएको प्रतिक्रिया दिइसकेका छन्।

युक्रेनलाई अमेरिकाले लामो समयदेखि हतियारसहित रुसविरुद्धको युद्धमा सहयोग गर्दै आए पनि ट्रम्प राष्ट्रपति भएपछि सहायता रोक्नुपर्ने सवालले प्राथमिकता पाएको छ। अमेरिकाको यो निर्णयले युक्रेन रुससँग वार्ताका लागि लचिलो बन्दै गएको देखिन्छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ३८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी