सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिले भने- युरोपेली सेना स्थापना गर्नुपर्छ « Khabarhub

सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिले भने- युरोपेली सेना स्थापना गर्नुपर्छ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

म्युनिख – अमेरिका र युरोपको दुरी बढेपछि युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले युरोपेली सेनाको स्थापना आवश्यक भएको बताएका छन्।

म्युनिखमा भएको सुरक्षा सम्मेलनमा बोल्दै जेलेन्सकीले परिवर्तित अवस्थालाई आत्मसात गर्दै सो निर्णय आवश्यक भएको बताएका हुन्। सम्मेलनमा उनले रुस-युक्रेन युद्धमा आफ्नो उपस्थिति बिना भएको सहमति स्वीकार नगर्ने बताएका छन्।

शनिबार अमेरिकी विदेशमन्त्री मार्क रूबिओ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको फोन वार्ता भएपछि बुधबार दुई देशका राष्ट्रपतिको भेटघाटको वातावरण बनिरहेको छ।

यसैबीच जेलेन्सकीले अमेरिकी नेतृत्वको वार्तामा धेरै मात्रमा आफ्नो देशको प्राकृतिक श्रोत समेत असुरक्षित महसुस भएको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति एमालुएल म्याक्रोनले पनि अमेरिकामाथि धेरै भर नपर्न सुझाएका छन्। रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले युक्रेनको नाटो सदस्यता अव्यवहारिक भएको प्रतिक्रिया दिइसकेका छन्।

युक्रेनलाई अमेरिकाले लामो समयदेखि हतियारसहित रुसविरुद्धको युद्धमा सहयोग गर्दै आए पनि ट्रम्प राष्ट्रपति भएपछि सहायता रोक्नुपर्ने सवालले प्राथमिकता पाएको छ। अमेरिकाको यो निर्णयले युक्रेन रुससँग वार्ताका लागि लचिलो बन्दै गएको देखिन्छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ३८ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष