अर्थसंक्षेप : ‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’, साढे १९ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : ‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’, साढे १९ अंकले बढ्यो नेप्से


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । साताको पहिलो दिन आइतबार नेप्से साढे १९ अंकले बढ्यो ।

सरकारले जाजरकोटका भूकम्प प्रभावितका लागि ३ अर्ब ९५ करोड रुपैयाँ निकासा गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरूलाई भेट्दै ऊर्जा उद्यमीहरूलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रश शेयर जारी गर्ने भएको छ ।

आजका आर्थिक समाचार :

‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस रेटिङ’ पाएको छ ।

प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्वहरूलगायत विषयको विश्लेषण गरी रेटिङ गरिएको इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

साढे १९ अंकले बढ्यो नेप्से

आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८ विन्दुमा पुगेको छ । आज नेप्से ०.७३ प्रतिशतले बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बारबारको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर कारोबार भएको छ ।

आज १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब ९५ करोड निकासा

सरकारले हालसम्म जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा गरिएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदहरूसँगको सवाल-जवाफका क्रममा यस्तो जानकारी दिएका हुन् ।

‘रुकुम र जाजरकोटबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भई रीतपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको छ’, उनले भने, ‘२०८१ माघमा मात्रै भूकम्प प्रभावितहरूका लागि थप ८० करोड निकासा भएको छ। जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्तादेखि फिल्डमा खटिने छ।’

इप्पानका प्रतिनिधिलाई देउवाले भने- ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द हुनुपर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरूलाई भेट्दै ऊर्जा उद्यमीहरूलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् । आइतबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरु पनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भइसकेको र ६५ लाख सर्वसाधारण लगानीकर्ताले लगानी गरिसकेको क्षेत्रलाई सबैतिरबाट प्रहार भइरहेको भन्दै ऊर्जा उद्यमीहरूका समस्या समाधानका लागि देउवाको ध्यानाकर्षण गराए ।

दोर्दी खोला जलविद्युतले हकप्रश शेयर निष्कासन गर्ने

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रश शेयर जारी गर्ने भएको छ । कम्पनीले १:१ अर्थात् हाल भएको एक कित्ता बराबर १ कित्ता हकप्रश शेयर जारी गर्ने भएको कम्पनीका परिपालन अधिकृत कञ्चन चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हकप्रश शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाइसकेको छ ।

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।

उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ५६ बजे

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली– कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका

माओवादीको तराई–मधेश अभियान टोली मोरङमा

मोरङ– नेकपा माओवादी केन्द्रले हिजो झापाको कचनकवलबाट सुरु गरेको जनतासँग

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ

केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै